२१ पुष,कलैया: अत्यधिक चिसो बढेका कारण बाराको देवताल गाउँपालिकाका सबै सामुदायिक विद्यालय दुई दिनको लागि बन्द गरिएको छ ।
पालिकाको शिक्षा शाखाले आधिकारिक फेसबुक पेजमा एक पोष्ट गर्दै बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै आज र भोलि सबै सामुदायीक विद्यालयमा बिदा दिईएको जानकारी दिएको हो । राष्ट्रपति रनिङ्गशिल्डमा सहभागी विद्यार्थीहरुको अभ्यास भने जारी राख्न जारी सूचनामा उल्लेख छ ।
सामुदायीक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई चिसोका कारण हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै पुष २१ र २२ गते गरी दुई दिनको विदा दिइएको प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले बताए ।