काठमाडौं-२९ भदौ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफूले नाउपा छाडेको सार्वजनिक गर्दै नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा गरेका हुन् ।
टीकापुर घटनापछि लामो समय भूमिगत रहेर पनि भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीले पछि आफैं संरक्षण गरी नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । तर पछिल्ला दिनमा पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएको थियो ।
विशेषगरी पार्टी अध्यक्ष समेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठसँग नेतृत्व र राजनीतिक मुद्दामा मतभेद देखिँदै आएको थियो । चौधरी र श्रेष्ठ पक्षबीच छुट्टाछुट्टै समूह बनेपछि अन्ततः चौधरीले नयाँ पार्टी घोषणा गर्दै अलग राजनीतिक बाटो रोजेका हुन् ।
राजनीतिक विश्लेषकहरुका अनुसार चौधरीको यो कदमले थारु राजनीति र मधेस केन्द्रित शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने देखिएको छ ।
रेशम चौधरीले नाउपा छाडे, नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ घोषणा



Leave a Reply