बारा -५ असोज
श्री नेरा आधारभूत विद्यालय, सितलपुर (कलैया उपमहानगरपालिका–१२) को विद्यालय व्यवस्थापन समिति (विव्यस) का नयाँ सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित सदस्यहरूमा बाबुराम साह कानु, नितेश कुशवाहा, कुशुम खातुन र सरिता देवी रहेका छन्।
निर्वाचन कार्यक्रमलाई कलैया उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजीव यादवले उपस्थित भएर निरीक्षण गरेका थिए। सो अवसरमा शिक्षा समिति सदस्य म. सागिर, समाजसेवी मनोज प्रसाद जैसवाल, प्रधानाध्यापक राजकिशोर सहनी लगायत अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

अभिभावकहरूले नयाँ निर्वाचित सदस्यहरूको कार्यकाल सफल तथा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।


