काठमाडौं -५ असोज ।
नेपाल सरकारले मनोज सिलवाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सिलवाललाई सो पदमा जिम्मेवारी दिइएको हो।
गत चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङकै पहलमा शाक्यको सरुवा भई सिलवाल नियुक्त भएका हुन्।
सिलवाल, घिसिङ कार्यकारी निर्देशक रहँदा उनका नजिकका सहयोगीका रूपमा परिचित छन्। प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशकसमेत रहेका उनले लामो समयदेखि ऊर्जा क्षेत्रको व्यवस्थापन र प्राविधिक काममा संलग्न रहँदै आएका छन्।
यससँगै प्राधिकरणको नेतृत्व फेरि घिसिङ निकट टोलीकै हातमा गएको छ।



Leave a Reply