जितपुर–सिमरा, माघ ८, २०८२ ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, पार्टीका सह–महामन्त्री तथा पूर्व मन्त्री फरमुल्लाह मन्सुरले जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १५ र १६ मा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूसँग भेटघाट गर्नुभएको छ।
भेटघाट कार्यक्रममा सह–महामन्त्री मन्सुरले संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा स्थानीय जनताका समस्या र अपेक्षाबारे छलफल गर्नुभयो। उहाँले आफ्नो पूर्व मन्त्रीको अनुभव प्रयोग गरी क्षेत्रको विकास, सुशासन र जनताको आवाज संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन एकजुट भएर अघि बढ्ने संकल्प व्यक्त गरेका थिए। स्थानीय बासिन्दाहरूले विकास, रोजगारी र सेवा प्रवाहका विषयमा आफ्ना सुझाव तथा गुनासा राखेका थिए।
नेपाली कांग्रेसले जनस्तरमा सम्पर्क विस्तार गर्दै चुनावी गतिविधि तीव्र बनाउँदै लगेको जनाएको छ।

