बरियारपुर बजारमा दुर्गा माताको कलश यात्रा भव्यरुपमा सम्पन्न

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा – ६ असोज ।
महागढीमाई नगरपालिका–२, बरियारपुर बजारमा आज दुर्गा भवानीको कलश यात्रा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगर प्रमुख उपेन्द्रप्रसाद यादव, कांग्रेस नेतृ अनिता यादव, युवाहरू सुमित यादव र मुन्ना यादवलगायत मेला समितिका पदाधिकारीहरूको अग्रसरतामा निकालिएको यात्रामा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा नगरभर धार्मिक उल्लास छाएको थियो।

कलश यात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय युवा तथा महिला दिदीबहिनीहरूको सक्रिय सहभागिता रह्यो। नगर प्रमुख यादवले कलश यात्रा पश्चात् सम्बोधन गर्दै शान्ति, प्रगति र समृद्धिको कामना गर्दै आपसी भाईचारा मजबुत रहोस् तथा मुलुक विद्यमान राजनीतिक परिस्थितिबाट छिट्टै निकास मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

यस अवसरमा उहाँले आगामी बडा दशैंको अवसरमा सम्पूर्ण नगरवासीमा हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ।

Leave a comment