अमलेखगंजमा २ सय ३६ किलो गाँजासहित एकजना पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा -६ असोज ।
बाराको अमलेखगंजमा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अमलेखगंजले चेकजाँचको क्रममा २ सय ३६ किलो ७५० ग्राम गाँजासहित एकजना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा २८ पोका गाँजा फेला परेको हो। ट्रकको छतमा फल्स बटम बनाई त्रिपालले छोपेर गाँजा लुकाइएकाे प्रहरीले जनाएको छ।

बरामद मिनी ट्रकसहित चालक रमेश रुम्बालाई नियन्त्रणमा लिइएको छ। उनी मकवानपुरको कैलाश गाउँपालिका–१० का ३८ वर्षीय हुन्।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीको कमान्डमा विशेष टोली खटाइएको प्रहरीले जनाएको छ।

Leave a comment