काठमाडौं, वैशाख १८ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गरेका छन्। उनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९४ बलमा शतक पूरा गर्दै नेपालको इनिङ्स मजबुत बनाएका हुन्।
ऐरीको उत्कृष्ट प्रदर्शनले नेपालको ब्याटिङ लाइनअपमा ऊर्जा थपेको छ। पछिल्लो समय नेपालले युएईविरुद्ध ३७ रनको जित निकालेको थियो भने ओमानसँग भने १०२ रनको फराकिलो हार बेहोरेको थियो।
प्रतियोगिताको अंक तालिकामा भने नेपाल दबाबमा देखिएको छ। हालसम्म २२ खेल खेलिसकेको नेपाल १४ अंकसहित सातौं स्थानमा रहेको छ। युएई पनि २२ खेलबाट १२ अंक जोड्दै नेपालभन्दा तल रहेको छ।
शीर्ष स्थानमा रहेका टोलीहरूमा अमेरिका २४ खेलबाट ३६ अंकसहित अगाडि छ भने स्कटल्यान्ड (३४), ओमान (२९), नेदरल्यान्ड्स (२८), नामिबिया (२२) र क्यानडा (२१) क्रमशः शीर्ष ६ मा रहेका छन्।
अघिल्लो संस्करणको लिग–२ मा नेपाल ४० अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। तर यसपटकको प्रदर्शनले नेपाललाई पुनः माथिल्लो स्थानमा पुग्न थप मेहनत आवश्यक देखिएको छ।
युएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको शानदार शतक, नेपाललाई उत्साह
Leave a Comment
Leave a Comment

