जेन-जी आन्दोलन: कांग्रेस नेता रुङ्टाको घरमा भएको आगजनीमा परी घाइते भएकी महिलाको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वीरगञ्ज -७ असोज ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टाको वीरगन्जको घरमा भएको आगजनीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ निवासी ४५ वर्षीय शोशिला देवी हजराको उपचारको क्रममा मंगलबार मृत्युु भएको हो । हजराको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
हजरा रुङ्टाको घरमा काम गर्दै आएकी थिईन । आगजनीमा परी घाइते भएपछि उनलाई तत्काल वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, तर उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको थियो । आगलागीबाट उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । 

उक्त आगजनीमा परी गम्भीर घाईते भएका भारत, बिहारको सुगौली निवासी १८ वर्षीय विनय यादव उपचाररत छन । उनको शरीरको ९० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
यादवलाई पनि सुरुमा नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो, तर थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । यादवको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै डिएसपी लम्सालले जानकारी दिनुभयो ।

Leave a comment