बारा-२८ भदौ ।
बाराको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको पुनः निर्माणको लागि सहयोग प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
मेयर यादवले वि.पि. स्मृति भवनको पुन: निर्माणको लागि ५१ हजार सहयोग गर्ने आज घोषणा गर्नु भएको हो ।
GenZ को आन्दोलनमा आगलागी र तोडफोडबाट पूर्णरूपमा क्षतिग्रस्त बनेको कांग्रेस पार्टीको तत्काल मर्मतका लागि सहयोग राशिको मेयर यादवले घोषणा गर्नु भएको हो ।
कार्यालयको पुनः निर्माणका लागि देशभरिका कांग्रेसका नेता कार्यकर्तालाई सहयोग गर्न समेत वहाँले अपिल समेत गर्नु भएको छ ।
मेयर यादवद्वारा कांग्रेस पार्टी पुनः निर्माणको लागि सहयोगको घोषणा
Leave a Comment
Leave a Comment


