शासकीय प्रणाली परिवर्तन गर्ने अहिलेको सरकारको कार्यक्षेत्र होइन : प्रधानमन्त्री कार्की

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-९ असोज ।
अन्तरिम सरकारकी धानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार अहिलेको सरकारसँग नभएको स्पष्ट पार्दै यस विषयलाई संवैधानिक प्रक्रियाबाट मात्र अघि बढाउनुपर्ने बताएकी छन् ।

हाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कायम गर्नुपर्ने मागसहित केही जेनजी आन्दोलनकारीले दबाब दिइरहेका बेला बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो धारणा सार्वजनिक गरेकी हुन् ।

उनले भनिन्, “शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर छ । आवश्यक परे संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नुपर्ने हुन्छ ।”

प्रधानमन्त्री कार्कीले आफ्नो मुख्य लक्ष्य आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नेमा केन्द्रित रहेको उल्लेख गरिन् । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित ढंगले सम्पन्न गर्न सबै पक्षसँग सहयोगको अपेक्षा पनि व्यक्त गरिन् ।

Leave a comment