पेट्रोलियम पदार्थमा कर आधा घटाउने सरकारको निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २४ चैत — सरकारले पेट्रोलियम पदार्थको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने दुवै कर आधा घटाउने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई व्यवहारिक बनाउन यस्तो निर्णय गरिएको जनाएको छ। मूल्य समायोजनको आवश्यकता रहेको र त्यसलाई लुकाउन नसकिने पनि मन्त्री रावलको भनाइ छ।

Leave a Comment