राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक आह्वान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ असोज, काठमाडौं । आसन्न आमनिर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको बेला राजनीतिक दलहरूबीच संवाद नहुँदा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहितका शीर्ष राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकका लागि आह्वान गरेका छन्।

राष्ट्रपतिले आज (२४ असोज) दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्। स्रोतका अनुसार बैठकमा आगामी निर्वाचनका तयारी, राजनीतिक सहमति र समग्र राजनीतिक वातावरणबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा राष्ट्रपतिले चुनावका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले भने निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको र सरकार पनि त्यसअनुसार चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको जानकारी राष्ट्रपतिलाई गराएकी थिइन्।

राजनीतिक दलहरूबीच मतभेद रहँदै गएपछि राष्ट्रपतिद्वारा बोलाइएको यो बैठकले आगामी राजनीतिक दिशाबारे नयाँ संकेत दिने अपेक्षा गरिएको छ।

Leave a comment