यादव नियुक्तिलाई चुनौती : सर्वोच्च अदालतमा लगातार सुनुवाइ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर १२, २०८२ | शुक्रबार
काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आज पनि लगातार सुनुवाइ जारी छ।

यादवको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै कृष्णप्रसाद यादव, अर्जन शाहरकीप्रसाद साहले छुट्टाछुट्टै रिट दायर गरेका थिए। ती रिटलाई एकै ठाउँमा राखेर न्यायाधीश हरिप्रसाद फुँयालनित्यानन्द पाण्डेयको इजलासमा हिजोदेखि पूर्ण सुनुवाइ सुरु भएको हो।

यसअघि सर्वोच्च अदालतले मंसिर २ गते अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्री यादवले दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न निर्देशन दिएको थियो।

गत कात्तिक २४ गते बिहान सबेरै बर्दिवासको एक होटलमै गरिएको मुख्यमन्त्री नियुक्ति विवादमा तानिएका यादव अहिले कानुनी प्रक्रियाको सामनािरहेका छन्।

यादवलाई होटलमै शपथ गराएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ। त्यस्तै, उनको नियुक्तिका लागि अनुकूल वातावरण बनाएको आरोप लागेका प्रदेश सभामुख रामचण्ड मण्डल महाअभियोगमार्फत पदमुक्त भइसकेका छन्।

Leave a comment