वासिङ्टन डीसी, चैत ३० — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम ले इरानसँग वार्ता पुनः सुरु भए पनि नभए पनि आफूलाई खासै चासो नरहेको बताएका छन्।
संयुक्त बेस एन्ड्रयुजमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि कुनै फरक नपर्ने स्पष्ट पारे। उनले अमेरिका आफ्नो रणनीतिमा दृढ रहने संकेत दिएका छन्।
यसैबीच अमेरिकी पक्षले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने तयारी अघि बढाएको बताइएको छ। यस कदमले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिन्छ।
पछिल्लो समय पाकिस्तानमा भएको वार्ताबाट कुनै ठोस सहमति ननिस्किएपछि स्थिति अझ जटिल बनेको हो। केही समयअघि गरिएको अस्थायी युद्धविराम पनि अहिले अनिश्चित अवस्थामा पुगेको बताइएको छ।

