बारामा १ लाख २ हजार मूल्य बराबरका प्रतिबन्धित पटाका बरामद

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज २७ ।
जिल्ला प्रहरी कार्यालय बाराको अमलेखगंज प्रहरीले करिब १ लाख २ हजार रुपैयाँ बराबरका प्रतिबन्धित पटाका बरामद गरेको छ।

मंगलबार दिउँसो करिब ३ बजेर ३० मिनेटको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त पटाका फेला पारेको हो।

प्रहरीका अनुसार बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रुबाहक बसलाई अमलेखगंजस्थित कार्यालय अगाडिको चेकप्वाइन्टमा रोक्दा बसको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएका विभिन्न किसिमका पटाका भेटिएका हुन्।

बरामद गरिएका पटाका प्रतिबन्धित वस्तुमा पर्ने भएकाले प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रहरीले चाडपर्वको समय नजिकिँदै जाँदा बजारमा अवैध पटाका, बम, र अन्य जोखिमपूर्ण सामग्रीहरू ओसारपसार गर्ने कार्य रोक्न विशेष निगरानी बढाइएको जानकारी पनि दिएको छ।

Leave a comment