कलैया उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख दक्षिण कोरिया प्रस्थान

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 596
पढ्न लाग्ने समय : 2 मिनेट

सगर विश्वकर्मा
८ भदौ,कलैया: कलैया उपमहानगरपालिकाका वातावरण तथा बिपत ब्यवस्थापन शाखाका प्रमुख अनिल कुमार पाण्डेय तालिममा सहभागी हुन दक्षिण कोरिया प्रस्थान गरेका छन ।

पाण्डेयलाई आज कलैयामा एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले खाँदा ओढाएर वातावरण शाखा प्रमुख पाण्डेयलाई बिदाई गरेका हुन ।

संघिय सरकारको सिफारिसमा दक्षिण कोरिया जाने कर्मचारीमा मधेश प्रदेशबाट पाण्डेय मात्र छनोटमा परेका छन् ।

कार्यक्रममा वातावरण शाखा प्रमुख अनिल कुमार पाण्डेयले आफुलाई यसरी कार्यक्रम नै गरी बिदाई गरेकोमा कलैया उपमहानगरपालिकाको वातावरण तथा बिपत ब्यस्थापन शाखा र स्वास्थ्यकर्मीहर्य्लाई हृदयदेखि नै धन्यबाद ब्यक्त गरेका थिए

उनले आफ्नो कर्तव्य ईमान्दारिताका साथ पुरा गरेमा सबैको मनमा बस्न सकिने कुरा आज बिदाई कार्यक्रमले पुष्टि समेत भएको बताए ।

आफुले राम्रै काम गरेकोले वातावरण तथा बिपत ब्यवस्थापन शाखाका साथिहरुले तथा स्वास्थकर्मी साथिहरुले आफ्नो हौसला बढाउनका निम्नी यो कार्यक्रम आयोजना गरेको जिकिर गरे ।

उनले आफुले दक्षिण कोरियाको १५ दिने तालिममा सहभागि भई त्यहाँबाट प्राप्त जानकारी र सीपहरुको प्रयोग गरी कलैया उपमहानगरपालिकामा खेलकुदको बिकासमा जोड दिने तथा स्वस्थय युवा अभियान नै चलाउने समेत बताए ।

कलैयाबाट आजै काठमाण्डौ प्रस्थान गर्नुभएको वातावरण प्रमुख पाण्डे भदौ १० गते काठमाण्डौंबाट दक्षिण कोरिया जाने कार्यक्रम तय भएको छ ।

स्वास्थकर्मी रामबाबु कुशवाहाले सञ्चालन गरको कार्यक्रममा कलैया उपमहानगरपालिकाका वातावरण तथा बिपद ब्यवस्थापन शाखाका कर्मचारीहरु, स्वास्थकर्मीहरु, खेलकुल प्रेमी, खेलाडीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।