जेनजी युवा मिरज ढुंगानाद्वारा नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३१ असोज, काठमाडौं ।
जेनजी आन्दोलनपछि चर्चामा आएका युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरी दलको औपचारिक घोषणा गर्ने तयारी गरेका हुन्।

ढुंगानाले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै दल गठनका तयारी पूरा भएको र पार्टी गठन वार्ता समिति समेत गठन गरिएको जानकारी दिएका छन्।

उनका अनुसार, नयाँ दलका मुख्य एजेन्डामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने लगायतका विषयहरू रहने छन्।

ढुंगानाले भनेका छन्, “देश गम्भीर अवस्थामा छ। देशले निकास खोजिसकेको छ। यस्तो अवस्थामा हामी नयाँ दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं।”

उनको राजनीतिक यात्रालाई जेनजी पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

Leave a comment