नयाँ बानेश्वर बैंक लुट प्रकरण : लुटेको पैसाले बुलेट मोटरसाइकल किन्ने युवक पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, कात्तिक ३ ।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटमा संलग्न एक युवकले लुटिएको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ।

प्रहरीले बैंक लुटपाट आरोपमा दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा श्रेष्ठले लुटेको रकमबाट बुलेट मोटरसाइकल किनेको स्वीकारेका छन्।

उनले प्रहरी समक्ष दिएको बयानअनुसार, बैंकबाट २ लाख ५० हजार रुपैयाँ लुटेका थिए भने उक्त रकममा थप १ लाख ७२ हजार मिलाएर ४ लाख २२ हजार रुपैयाँमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेका हुन्।

श्रेष्ठले साथै बैंकबाट ३ थान सुनका बाला, १ थान बेरुवा औंठी, गणेशको लकेटसहितको १ थान सिक्री पनि लगेको बताएका छन्।

उनीसँगै संलग्न एक नाबालकलाई समेत प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाबाट मात्रै करिब ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको थियो। उक्त घटनामा १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको बताइएको छ।

प्रहरीका अनुसार, श्रेष्ठबाट केही सुन बरामद गरिएको छ तर बाँकी सुन र रकम अझै फेला परेको छैन।

Leave a comment