४ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी आम निर्वाचनको तयारीबारे प्रमुख राजनीतिक दलका नेताहरुसँग आज (सोमबार) महत्वपूर्ण छलफल गर्न लागेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। छलफलका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत सात दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ।
जेनजी युवा आन्दोलनपछि भदौ २७ गते गठन भएको अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा गरिसकेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको यो सरकार पुराना दलहरुप्रति कडा रबैया अपनाएको भन्दै चर्चा पनि चल्दै आएको छ।
हाल चुनावी वातावरणलाई सहज बनाउन र दलहरूबीच सहमति कायम गर्न प्रधानमन्त्री कार्कीले यो छलफल बोलाएको बताइएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले समेत प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलका नेताहरुसँग निर्वाचनसम्बन्धी परामर्श गरेका थिए।



Leave a Reply