काठमाडौँ, कात्तिक ६ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तिहारको भाइटीकाको अवसरमा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा टीका लगाएका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा सम्पन्न टीका समारोहमा राष्ट्रपति पौडेलले बिहान ११ बजेर ३९ मिनेटमा टीका ग्रहण गरेका हुन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत यही समयमा निर्धारण गरेको थियो।
टीका लगाउने क्रममा राष्ट्रपति पौडेलले दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्दै तिहारले पारिवारिक एकता, प्रेम र सद्भाव सुदृढ पार्ने अवसर प्रदान गर्ने बताए।
यमपञ्चकको अन्तिम दिन परेको भाइटीकामा देशभर दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाउने परम्परा रहेको छ। समितिले साइत भए पनि दिनभर टीका लगाउन सकिने जनाएको छ।



Leave a Reply