काठमाडौं, वैशाख २१ — सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छा लाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। अदालतले आवश्यक प्रक्रिया पूरा गरी धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राखिएको देखिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को संयुक्त इजलासले अनुसन्धान निकायले थुनामा राख्न लिएको अनुमति प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको ठहर गर्दै उक्त अनुमति खारेज गरेको छ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि गोल्छालाई वैशाख ११ गते पक्राउ गरेको थियो।
अदालतले अब धरौटी वा जमानतमा रिहा गर्न सकिने स्पष्ट आधार देखिएको उल्लेख गर्दै आवश्यक शर्त पूरा गरी उनलाई थुनामुक्त गर्न निर्देशन दिएको छ।
शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
Leave a Comment
Leave a Comment

