मङ्गलबार, ११ कात्तिक २०८२ काठमाडौ
काठमाडौंको महाराजगन्जमा प्रहरी जवानको हत्या प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार सुकेधाराबाट सिन्धुली घर भई हाल सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङलाई नियन्त्रणमा लिइएको हो।
भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान उत्तम थापामाथि प्रदर्शनकारीहरूले कुटपिट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी जारी राखेको थियो।
पक्राउ परेका दुवै जनालाई प्रहरीले वृत्त महाराजगन्जमै राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यसअघि सो घटनामा संलग्न भएको आरोपमा १० जनालाई पहिले नै पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ।



Leave a Reply