अञ्जनाको चमकमा नेपालले भारतमाथि जित दर्ता गर्‍यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक १२, २०८२
नेपालले भारतविरुद्धको महिला मैत्रीपूर्ण फुटबलमा रोमाञ्चक जित दर्ता गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको हो।

नेपालकी गोलकिपर अञ्जना राना खेलकी मुख्य नायक बनिन्। उनले भारतका प्रिया दार्शीनीअस्टम ओरामका पेनाल्टी प्रहार रोक्दै टोलीलाई जित दिलाइन्। भारतकी तेस्रो खेलाडीको प्रहार सिधै पोस्ट बाहिर गएको थियो।

नेपालका निशा थोकर, सविताराना मगररश्मीकुमारी घिसिङले पेनाल्टीमा गोल गरे भने अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले बचाइन्।

निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएको थियो। भारतकी सौम्या गुगूल्टोहले खेलको ३०औँ मिनेटमा अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको इन्जुरी समयमा नेपालकी रश्मीकुमारी घिसिङले बराबरी गोल फर्काएकी थिइन्।

यो नेपाल र भारतबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण खेल हो। यसअघि पनि नेपालले इरान र भारतसहितको त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा भारतलाई २–१ ले पराजित गरेको थियो।

Leave a comment