हर्मित सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर ३, २०८२ — काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा हर्मित सिंहले देखाएको उत्कृष्ट अलराउन्ड प्रदर्शनको बलमा सुदूरपश्चिम रोयल्सले घरेलु टोली काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

१४८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको काठमाडौं गोर्खाज १६.५ ओभरमै आलआउट हुँदै ११८ रनमै समेटियो। ब्याटिङतर्फ आकाश त्रिपाठीले ३४ रन बनाए भने जोन सिम्पसनले २४ रन जोडे। भीम सार्की (१२), मिलन्द कुमार (११) र सन्नी पटेल (१०) बाहेक अन्य ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको चुनौतीपूर्ण स्कोर बनायो।
टोलीलाई मजबुत अवस्थामा पुर्‍याउन हर्मित सिंहले २० बलमा ६ छक्का र २ चौकासहित ५३ रनको आक्रमक पारी खेले। १५ ओभरमा ६ विकेटको क्षतिमा ८० रनमा सीमित टोलीलाई हर्मितको पारीले उकास्यो।

दीपेन्द्रसिं ऐरीले ३९ रन, आरिफ शेखले २५ रन र ईशान पाण्डेले ११ रन जोडे। ओपनर जोस ब्राउन र विनोद भण्डारी शून्यमै पavilion फर्किए भने क्रिस लिन २ रनमै आउट भए। हेमन्त धामीले ३, अविनाश बोहराले १ तथा स्कट क्रिस्टोफर कुग्गेलेइजनले १ रनको योगदान दिए।

बलिङतर्फ काठमाडौंका करण केसीले प्रभावकारी प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सफल भएनन्।

Leave a comment