विश्वकप जितेकी भारतीय महिला क्रिकेट टोलीलाई बीसीसीआईद्वारा ५१ करोड पुरस्कार आईसीसीको पुरस्कारसहित टोलीले पाउनेछ झण्डै पौने दुई अर्ब भारतीय रुपैयाँ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १७ – पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेकी भारतीय महिला क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

बीसीसीआईका सचिव देवजित सैकियाले महिला खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप उक्त पुरस्कार राशी वितरण गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। उनले भने, “महिला खेलाडी, प्रशिक्षक, छनोटकर्ता र सहयोगी कर्मचारीहरूको योगदानको सम्मानस्वरूप ५१ करोड रुपैयाँ प्रदान गर्न लागिएको हो।”

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि विश्वकप विजेता भारतलाई १४ मिलियन अमेरिकी डलर (झन्डै १२४ करोड भारतीय रुपैयाँ) पुरस्कार दिनेछ।
दुवै पुरस्कार जोड्दा भारतीय टोलीले करीब १७५ करोड (पौने दुई अर्ब) भारतीय रुपैयाँ पुरस्कार हात पार्नेछ।

आइतबार भारतको नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै ५२ वर्षको विश्वकप इतिहासमा पहिलोपटक महिला एकदिवसीय विश्वकप जितेको हो।

सन् १९७३ मा सुरु भएको महिला विश्वकपमा भारतले यसअघि कहिल्यै उपाधि जित्न सकेको थिएन। यो जितसँगै भारतीय महिला क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

Leave a comment