अफगानिस्तानको मजार–ए–सरिफ नजिक भूकम्प, बाल्ख र समङ्गनमा बढी असर

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १७ — अफगानिस्तानको मजार–ए–सरिफ नजिक शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार करिब ५ लाख २३ हजार जनसंख्या रहेको उक्त क्षेत्र नजिकै २८ किलोमिटर (१७.४ माइल) गहिराइमा भूकम्प गएको हो।

भूकम्पको सबैभन्दा बढी असर बाल्खसमङ्गन प्रान्तका केही भागमा परेको अफगान तालिबान रक्षा मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य सुरु गरिएको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार, भूकम्पका कारण घरहरुमा चिरा परेका छन् र सर्वसाधारण खुला स्थानतर्फ निस्किएका छन्। हालसम्म जनधनको क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

Leave a comment