मङ्गलबार, १८ कात्तिक २०८२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठकले नौ वाम दलबीच हुने एकता सहमति अनुमोदन गर्ने तयारी गरेको छ।
नेता लीलामणि पोखरेलका अनुसार बैठक मङ्गलबार दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने तय गरिएको छ। बैठक आजै सम्पन्न गर्ने तयारी गरिएको छ र नेताहरूलाई छुट्टै बोल्ने समय तोकिएको छैन।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित नौ वाम दलबीच एकता सहमति हुने अन्तिम चरणमा पुगेको छ। उक्त सहमति अनुमोदनका लागि माओवादी महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको हो।
तर, वाम दलबीचको एकतालाई लिएर माओवादी केन्द्र र एकीकृत समाजवादी दुबै पार्टीभित्र मतभेद देखिएको छ। माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललगायतले एकताको स्वरूपप्रति असहमति जनाएका छन्।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका नेता जनार्दन शर्माले प्रचण्डसँगको करिब ४० वर्ष लामो सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै अब आफू आफ्नै ढंगले अघि बढ्ने बताएका छन्।



Leave a Reply