प्रजातन्त्र दिवसको अवसरमा कलैयामा सरसफाई र झण्डोतोलन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 257
पढ्न लाग्ने समय : 1 मिनेट

७ फागुन, कलैया :७४ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार बारामा सरसफाइ गरिएको छ।

कलैया स्थित रहेको धार्मिक एवम् पर्यटकिय स्थल सिदेश्वर मन्दिर प्राङ्गणमा बृहत सरसफाइ गरिएको थियो।

उक्त अवसरमा नेपाली सेना,नेपाली प्रहरी,सशस्त्र प्रहरी,नगर प्रहरी लगायत स्थानीयको सहभागिता रहेको थियोे ।

प्रजातन्त्र दिवसकै अवसरमा कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहले उपमहानगरको प्राङ्गणमा नेपाली झण्डा उत्तोलन कार्यक्रम गरेका थिए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,श्री ज्वाला दल गण ब्रहमपुरी ब्यारेक का प्रमुख सेनानी,सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,कलैया उपमहानगर – वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख अनिल पाण्डे लगायतको स्थानीयको उपस्थिति रहेको थियो।