सप्तरी, कात्तिक १८ — सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। आइतबार राति गाईघाट–कदमाहा सडकखण्ड नजिक चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई रहेका छन्। उनीहरूको साथबाट २३ लाख रुपैयाँ नगद र विभिन्न सामग्रीहरू बरामद भएका छन्।
बरामद रकममा एक हजार दरका १,३९९ थान र पाँच सय दरका १,८०२ थान नोटहरू रहेका छन्। त्यसबाहेक गाडीमा टेकोन पम्प, टीएनइएच ब्याट्री, लिथियम ब्याट्री, ई–रिक्सा मोटर, स्कुटर ब्याट्री चार्जर, ब्याट्री टेस्टर र सानो हर्न स्पिकर पनि फेला परेको छ।
स्रोत नखुलेको रकम र सामग्रीसहित पक्राउ परेकामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ।



Leave a Reply