संविधान दिवसमा कलैयामा बृहत सरसफाइ अभियान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा – ३ असोज
१० औं संविधान दिवसको अवसरमा कलैयाका युवाहरूले रामजानकी मन्दिर परिसरस्थित पोखरीमा बृहत सरसफाइ अभियान सञ्चालन गरेका छन्।

कलैयाको विभिन्न टोल–महल्लाका युवाहरूको सक्रिय सहभागितामा पोखरीभित्र थुप्रिएका फोहर, प्लास्टिक, र अन्य प्रदूषक सामग्री हटाइएको छ। सरसफाइ अभियानपछि पोखरी पूर्ववत् रूपमै सुन्दर बनेको युवाहरूले बताएका छन्।

समाजलाई स्वच्छ राख्ने उद्देश्यले गरिएको अभियानले स्थानीय बासिन्दामाझ सकारात्मक सन्देश दिएको छ। “संविधान दिवसमा मात्र होइन, नियमित रूपमा पनि सार्वजनिक स्थललाई सफा राख्न हामी सबै प्रतिबद्ध हुनुपर्छ,” अभियानमा संलग्न एक युवाले बताए।

यसै अवसरमा स्थानीय बासिन्दा र श्रद्धालुहरूले सरसफाइमा संलग्न युवाहरूको प्रशंसा गर्दै निरन्तर यस्ता गतिविधि गर्न आग्रह गरेका छन्।

Leave a Comment