२२ कात्तिक, २०८२, बारा।
जेन–जे र युवाहरूको बारा समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आफ्नो टिम विस्तार गर्ने घोषणा गरेको छ। संगठनले मिति २०८२ साल कार्तिक २९ गतेसम्म नगरस्तरीय समिति गठन गर्ने र त्यसपछि मङ्सिर ६ गतेसम्म ती समितिहरूलाई जिल्लास्तरीय समितिमा समायोजन गर्ने निर्णय गरेको छ।
पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले सबै युवा समूहलाई एउटै मञ्चमा ल्याई सामाजिक रूपान्तरणको अभियान अघि बढाउने प्रतिबद्धता जनाए। उनका अनुसार संगठनले आगामी दिनमा पालिका स्तरका सेवा प्रदायक निकायहरू, स्वास्थ्य, शिक्षा, वातावरण सुधार र जनचेतनामूलक विभिन्न अभियानहरू सञ्चालन गर्नेछ।
संगठनका प्रतिनिधिहरूले भने, “हामी समाज, नगर, जिल्ला तथा देशको समृद्धि र सुधारमा योगदान पुर्याउने लक्ष्यसहित निरन्तर अघि बढ्नेछौं।”
कार्यक्रममा संगठनले आफ्नो मूल नारा पनि सार्वजनिक गर्यो —
“हाम्रो चाहना : समृद्ध समाज निर्माण।”



Leave a Reply