२२ कात्तिक, २०८२, बारा।
काठमाडौँबाट चोरी भएको मोटरसाइकल बारामा फेला परेको छ। प्रहरीले सो मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता भएको बा.प्र.०२–०४० प ४५६७ नम्बरको २२० सि.सि. बजाज पल्सर मोटरसाइकल गत २०८२ साल जेठ २५ गते दिउँसो करिब ३ बजे काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मञ्जु श्री पार्कबाट चोरी भएको थियो। श्रेष्ठले उक्त विषयमा प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए।
उक्त मोटरसाइकल खोजतलास गर्ने क्रममा २०८२ साल कात्तिक २१ गते राति करिब ९ बजे, बारा जिल्लाको बारागढी गाउँपालिका–३ श्रीपुरा टोलमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सो मोटरसाइकल बरामद गरेको हो।
प्रहरीका अनुसार मोटरसाइकलमा फर्जी नम्बर प्लेट (बागमती प्रदेश ०२–०४०–प २३१९) जडान गरिएको अवस्थामा मुर्किपलिया गाउँबाट श्रीपुरा गाउँतर्फ लैजाँदै गरेको चालकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ गरेको व्यक्ति बारा बारागढी गाउँपालिका–३ मुर्किपलिया बस्ने २१ वर्षीय सुरेश महतो रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।



Leave a Reply