बाराको बरियापुुरमा सडकमै शव राखेर प्रदर्शन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 256
पढ्न लाग्ने समय : 1 मिनेट

बारा,४ फागुन :बारामा अज्ञात सवारीसाधनको ठक्करबाट मृत्यु भएका युवकको आफन्त र गाँउलेले सडकमा शव राखेर हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।

अज्ञात सवारीसाधनले ठक्कर दिएर सख्त घाइते भएका महागढीमाई नगरपालिका वडा नम्बर २ का हरेन्द्र मिश्राको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका हुन् । ठक्कर दिएर फरार रहेको सवारीसाधनको पहिचान हुनुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही हुनुपर्नेजस्ता माग आफन्तले राखेका छन् ।

सरस्वती पूजाका दिन बुधबार पूजाका लागि साइकलमा कलैया जाँदै गरेका मिश्रालाई बरियापुरको चेकपोष्ट नजिकै अज्ञात गाडीले ठक्कर दिएको थियो ।