ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको शानदार विजयी सुरुवात

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक २६ – भारतमा जारी ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित दर्ता गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन जोडिन्।

लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले मात्र ५.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका ओपनर मनकेसी चौधरीले २२ बलमा अविजित ६१ रन बनाउँदै आक्रामक ब्याटिङ गरिन्। उनले यस विश्वकपमै पहिलो अर्धशतक बनाउने खेलाडी बन्ने गौरव हासिल गरिन्।

उनलाई साथ दिँदै बिन्दा पुनले ८ बलमा १३ रन योगदान दिइन्। बलिङतर्फ नेपालकी कान्ती योगीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्।

उत्कृष्ट प्रदर्शनका लागि मनकेसी चौधरीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।
नेपालले अब शुक्रबार दोस्रो खेलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a comment