५ फागुन बारा : प्रेस काउन्सिल नेपालले शनिबार बाराको निजगढमा सञ्चार माध्यमका चुनौती एव मिडिया साक्षरता सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लामा पत्रकार र पत्रीकाले भोगनु परेको समस्याको बारेमा सहभागी पत्रकारले समस्या राखेको थिए।
पत्रकार आचार सहिता पालन गर्नमा कमि देखिएको आचार सहिता सम्पुर्णले पालन गर्नु पर्ने उक्त अवशरमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गर्नु भयो। सत्य तथ्य समाचार समप्रेशन गर्न पत्रकार हरु लाई अध्यक्ष बस्नेतले उक्त अवसर आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवाशे,झपेन्द्र भुसाल ,पत्रकार महासङ्गबाराका अध्यक्ष रेशम तिवारी,पुर्व अध्यक्ष लक्ष्मी साह,गुरुगौतम,प्रेस युनियनका मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ,प्रस युनियन बाराका अध्यक्ष श्यामबाबू यादव ,समाजबादी प्रेस संगठन बाराका अध्यक्ष अजय साह,पत्रकार महासङ्ग मधेस प्रदेशका पुर्व सदस्य सिकेन्द्र पासवान लगायतको उपस्थिति रहेको थियो।
सञ्चार माध्यमका चुनौती एव मिडिया साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न
Leave a Comment
Leave a Comment






