मधेशमा मुख्यमन्त्री नियुक्ति–शपथ विवाद : सर्वोच्चमा आज सुनुवाइ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० कात्तिक २०८२, आइतबार | काठमाडौं

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र होटलमा गरिएको शपथ प्रक्रियाविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ।

रिटमाथिको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठनृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको हो। यामध्ये अन्तरिम आदेश सम्बन्धी विषयमा पनि आजै बहस हुने बताइएको छ।

बर्दिबासको होटलमा शपथपछि विवाद

पछिल्लो केही समयदेखि अस्थिर रहेको मधेश प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्।

तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले यादवलाई बर्दिबास–३, कालापानीस्थित पानस होटलमा पुगेर शपथ खुवाएपछि विवाद चर्किएको हो। शपथ ‘ब्याक–डेट’ मा गरिएको आरोप पनि जोडिँदै गएको छ।

७४ सांसदको रिट सर्वोच्चमा

यस घटनाविरुद्ध ७४ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेबाहेकका सात दलले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मात्र सरकार गठन हुनुपर्ने तर्क गरेका छन्। उनीहरूले मुख्यमन्त्री नियुक्ति र शपथ दुवै प्रक्रियालाई असंवैधानिक दाबी गर्दै पुनः बहुदलीय समर्थनका आधारमा सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई निर्देशन दिन माग गरेका छन्।

सुनुवाइसँगै मधेश प्रदेशको राजनीतिक अस्थिरता कसरी मोडिन्छ भन्नेबारे प्रदेश भित्र–बाहिर चासो बढेको छ।

Leave a comment