काठमाडौं – ३० भदौ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त तिन जना मन्त्री राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्रीको शपथ लिएका छन ।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर पाल टांगेर सोमबार पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।
अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।
शपथ ग्रहण कार्यक्रममा भने सभामुख देवराज घिमिरे र उपसभामुख ईन्दिरा राना अनुपस्थित रहेका थिए ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो ।
खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।
नवनियुक्त तिन मन्त्रीले लिए शपथ
Leave a Comment
Leave a Comment


