३० कार्तिक ,काठमाडौं ।
फिफा विश्वकप युरोपियन छनोटमा स्पेनले आफ्नो विजयी यात्रालाई निरन्तरता दिदै लगातार पाँचौं जीत दर्ता गरेको छ। शनिबार सम्पन्न खेलमा स्पेनले घरेलु टोली जर्जियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
समूह ‘इ’ मा शीर्षस्थान
यस जितपछि पाँच खेलमा १५ अंक जोड्दै स्पेन समूह ‘इ’ को शीर्षस्थानमा उक्लिएको छ। जर्जिया भने समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा छ।
ओयार्जबलको दुई गोल
बोरिस पैचाड्जे डिनामो एरिनामा भएको खेलमा स्पेनलाई जित दिलाउन माइकल ओयार्जबलले दुई गोल गरे। यस्तै मार्टिन जुबिमेन्डी र फेरान टोरेसले समान एक–एक गोल योगदान गरे।
खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत ओयार्जबलले स्पेनलाई अग्रता दिलाए। त्यसको ११ मिनेटपछि जुबिमेन्डीले गोल गर्दै अग्रता दोब्बर बनाए।
३५औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्कोर ३–० बनाए।
दोस्रो हाफमा ६३औँ मिनेटमा ओयार्जबलले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जीतलाई ४–० मा टुङ्ग्याए।
स्पेनको खेलमा बल कब्जा, पासिङ र आक्रमण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन देखिएको थियो।



Leave a Reply