काठमाडौँ, १९ मंसिर — त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ।
६ खेलबाट ६ अंकसहित लुम्बिनीका लागि प्लेअफको सम्भावना जीवित राख्न आजको खेल अत्यन्तै महत्वपूर्ण हुने छ। लुम्बिनीले जित हासिल गरेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिने सम्भावना उच्च हुनेछ।
जनकपुर बोल्ट्सले भने यसअघि खेलेका पाँच खेलबाट केवल २ अंक मात्र बटुलेको छ। आजको खेलले जनकपुरको लिग यात्रा झनै जटिल बन्ने वा सम्भावनामा केही आशा जगाउने निर्धारण गर्नेछ।

