काठमाडौं-१४ असोज ।
नेपालले वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल आज खेल्दैछ । यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ ।
तीन खेलको शृंखलामा नेपालले पहिलो दुई खेल जितेर शृंखला आफ्नै पक्षमा गरिसकेको छ । आजको खेल पनि जितेमा नेपालले पहिलोपटक तीन वा सोभन्दा बढी खेल समावेश भएको द्विपक्षीय शृंखलामा क्लिनस्वीप गर्ने इतिहास रच्नेछ ।
अधिकांश युवा र कम अनुभव भएका खेलाडीले भरिएको वेस्ट इन्डिज नेपाली टोलीसामु निरिह देखिएको छ । त्यसैले अन्तिम खेलमा उनीहरूलाई क्लिनस्वीपबाट जोगिने दबाब हुनेछ ।
नेपालले आजको खेलमा जित निकाल्न सकेमा टेस्ट राष्ट्रविरुद्ध अर्को ऐतिहासिक र कीर्तिमानी नतिजा आफ्नो नाममा राख्नेछ ।

