मधेशमा मुख्यमन्त्री नियुक्ति–शपथ विवादको सर्वोच्चमा चर्किएको बहस, सुनुवाइ भोलिसम्म सारियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। आइतबार हुने भनिएको बहस सारिँदै भोलि सोमबारका लागि तोकिएको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिटमाथिको प्रारम्भिक (अन्तरिम आदेशसम्बन्धी) सुनुवाइ हुने तय भए पनि कारणबश आज कार्यसूची परिवर्तन गरिएको सर्वोच्च स्रोतले जनाएको छ।

मधेश सरकारले पछिल्लो समय देखाएको अस्थिरताबीच प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका छन्। तर, उनको नियुक्ति र शपथ प्रक्रियामाथि गम्भीर प्रश्न उठ्दै आएको छ।

पूर्व प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले संवैधानिक परम्परा विपरीत प्रदेश प्रमुखको कार्यालयमा नभई महोत्तरी–सिन्धुली सीमा क्षेत्रमा पर्ने बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटलमै पुगेर यादवलाई शपथ गराएकी थिइन्। यही कदमलाई लिएर विवाद चर्किएको हो।

यससम्बन्धी रिट दायर भएपछि सर्वोच्च अदालतले अंतरिम आदेश दिने–नदिने विषयमा भोलि सुनुवाइ गर्नेछ। अदालतको फैसलाले मधेशमा फेरि नयाँ राजनीतिक मोड आउने संकेत देखिएको छ।

Leave a comment