२ मंसिर, काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यरात हिंसा भड्किने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित प्रसाईंको आवासबाट उनलाई पक्राउ गरेको हो।
प्रसाईंले हालै दिएका अभिव्यक्तिहरू अराजक गतिविधि उक्साउने प्रकृतिका रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
यसअघि १५ चैतमा हिंसात्मक आन्दोलनका क्रममा पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए।
बैंक ऋण मिनाहा गरिनुपर्नेसहित विभिन्न माग राख्दै आएका उनी पछिल्ला गतिविधिहरूका कारण फेरि विवादमा तानिएका छन्।



Leave a Reply