सुर्खेतको काँक्रेविहार जंगलमा युवक–युवती मृत फेला

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

८ मंसिर, सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेको छ। सोमबार बिहान करिब ११ः३० बजे घाँस काट्न गएका स्थानीयले रुखमा झुन्डिएको अवस्थामै दुवैको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथोकीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। युवकको उमेर करिब २१ वर्ष र युवती करिब २० वर्षको अनुमान गरिएको छ।

घटनास्थलको प्रारम्भिक मुचुल्का उठाउन इलाका प्रहरी बिट लाटीकोइलीबाट टोली खटाइएको थियो। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको अर्को टोली पनि पठाइएको डीएसपी बुढाथोकीले बताए।

प्रहरीका अनुसार शव परीक्षण तथा अन्य कानुनी प्रक्रिया अघि बढाइँदै छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a comment