मंसिर २, काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दर्ता प्रक्रियाको पहिलो दिन १२ राजनीतिक दलहरूले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।
मंसिर १ देखि १० गतेसम्म निर्धारण गरिएको दर्ता अवधिमा सोमबार मात्र दर्जनभन्दा बढी दलले दर्ता गराएको आयोगले जानकारी दिएको छ।
दर्ता गराउनेहरूमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा), देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टी सामेल छन्।
आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता नगरेका दलहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन्।
यसबीच, केही दलहरूले निर्वाचन समयमै नहुने आशंका व्यक्त गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले दल दर्ता प्रक्रिया सहज बनाउन राजनीतिक दल र नागरिक समाजसँग सहयोग मागेकी छन्। नागरिक समाजका प्रतिनिधिसँगको सोमबारको छलफलमा उनले मंसिर १० भित्र सबै प्रमुख दलको दर्ता सुनिश्चित गर्नु पहिलो चरणको महत्वपूर्ण काम भएको बताइन्।



Leave a Reply