प्रतिनिधिसभा विघटनविरुद्ध एमाले सर्वोच्चमा, पेशी १७ गते

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च प्रशासनका अनुसार मंसिर १७ गतेका लागि पेशी तोकिएको छ।

एमालेका नेताद्वय महेश बर्तौलासुनिता बरालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरेका छन्।

जेनजी आन्दोलनपछि सरकार परिवर्तन

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीहरूको सिफारिसमा सुशीला कार्कीलाई भदौ २७ गते अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

कार्कीको सिफारिसमा प्रतिनिधिसभा भंग भएपछि एमालेले उक्त कदमविरुद्ध सर्वोच्च अदालतको ढोका knock गरेको हो।

Leave a comment