उपत्यकामा वायु प्रदूषण तीव्र, दृश्यहरू सार्वजनिक

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ मंसिर ,काठमाडौं

जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएको छ। जाडो महिनामा वर्षा न्यून हुने र हावाको गति कम रहने हुँदा धूलो–धुवाँको मात्रा वायुमण्डलमै थिचिन जाने विशेषज्ञहरू बताउँछन्।

उपत्यकाभित्र सवारीसाधनबाट निस्कने धुवाँ, सडकका निर्माण तथा मर्मतका कारण उड्ने धूलो, उद्योगधन्दा र अन्य स्रोतबाट निस्कने हानिकारक ग्यासले प्रदूषण झनै बढाएको छ। यसैगरी, खेतीपातीका लागि खेतमा आगो बालिने प्रचलनले पनि वायु प्रदूषणको स्तरले थप उकालो लागेको छ।

यही कारण जाडोयाममा काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरहरूको सूचीमा पटक–पटक शीर्ष स्थानमा पुग्ने गरेको छ। उपत्यका वरिपरिका विभिन्न क्षेत्रमा समेत घना धुवाँ–धूलोको असर देखिएको छ।

Leave a comment