एनपीएल : आजको पहिलो खेलमा चितवनले टस जितेर पहिलो बलिङ गर्दै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१२ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

चितवनका कप्तान कुशल मल्लले टस जितेपछि काठमान्डु गोर्खाजलाई ब्याटिङको निम्तो दिएका हुन्।

आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलको टोलीमै निरन्तरता दिएको छ भने चितवन राइनोजले एउटा परिवर्तन गरेको छ। अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन्।

प्रतियोगितामा चितवनले हालसम्म तीन खेल खेल्दै २ जित र १ हार गरेको छ। काठमान्डुले चार खेलमा २ जित र २ हार दर्ता गरेको छ।

दुवै टोलीको समान ४–४ अंक रहेको अवस्थामा नेट रनरेटका आधारमा चितवन अग्रस्थानमा छ।

Leave a comment