एनपीएलमा आज दुई खेल : जनकपुर बोल्ट्स पहिलो जीतको खोजीमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १४ मंसिर २०८२-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) पनि दुई रोमाञ्चक खेल हुँदैछन्।

पहिलो खेल सवा ११ बजेबाट पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच हुनेछ। ‘प्लेअफ’ सम्भावना जोगाइ राख्न दुवै टिमलाई आज अनिवार्य जीत आवश्यक छ। प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने चार खेलबाट दुई अंक जोडेको लुम्बिनी लायन्स सातौँ स्थानमा छ।

अपराह्न साढे ३ बजे सुरु हुने दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यस संस्करणमा सुदूरपश्चिम उत्कृष्ट लयमा छ। उसले चारै खेलमा जीत निकाल्दै आठ अंकसहित तालिकाको शीर्ष स्थान ओगटेको छ।

यसैबीच, तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्स अझैसम्म जितविहीन छ। लगातार पराजयपछि जनकपुर आज पहिलो जीतको खोजीमा मैदान उत्रिने तयारीमा छ।

दुवै खेलले प्लेअफ समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।


Leave a Comment