फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक, अब मङ्सिर १५ गते बस्ने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौँ, मङ्सिर १६। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते (सोमबार) बस्ने भएको छ। यसअघि मङ्सिर १४ गते बोलाइएको बैठक विशेष कारणले एक दिन पछाडि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक सोमबार दिउँसो २:०० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई निर्देशानुसार उपस्थित हुन भनिएको कांग्रेसले जनाएको छ।

Leave a comment